लन्डन, बैशाख २३ । बेलायतमा कोरोनाबाट सोमबार एक नेपालीको मृत्यु भएको छ।
गत सातादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिए नारायण कोन्मे गुरूङको मृत्यु भएको हो। सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारकै क्रममा मृत्यु भएको गोरखा प्यालेस रेस्टुरेन्टका सञ्चालक सूर्य गुरुङले जानकारी दिए।
पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ गोरखा सैनिकमा भर्ती भएका थिए। पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए। उनले पुनः औपचारिक अध्ययन गरी २०२७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए। हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ३५ नेपालीको निधन भइसकेको छ। रासस
Facebook Comments























