काठमाडौं, बैशाख २१ । सरकारले यही वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।
‘मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन वैशाख २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ’, बैठकपछि नेपालखबरसँग कुरा गर्दै मन्त्री पोखरेलले भने।
संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रवाधान रहेको छ।
Facebook Comments


























