बैशाख २० । अनार हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक फलफुल हो। यसमा प्रशस्त प्रोटिन र भिटामिन पाइन्छ। शरिरलाई सधै स्वस्थ राख्न अनारको सेवन गर्नु राम्रो हुन्छ। यसमा प्रोटिन, फाइबर, भिटामिन ‘सी’, भिटामिन ‘के’, फोलेट र पोटासियम पाइन्छ। यसको सेवन गर्ने गरेमा बिभिन्न रोगहरु लाग्नबाट बच्न सकिन्छ। हरेक दिन एउटा अनार खानाले शरिरमा बिभिन्न रोगहरु लाग्न पाउदैन। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सहयोग गर्छ।
अनार मुटु रोग, यौन समस्या, क्यान्सर जस्ता रोगहरुका लागि फाइदाजनक मानिन्छ। यसले क्यान्सर र मधुमेह रोग लाग्नबाट बचाउछ। अनार गर्भवती महिलाले सेवन गर्नु निकै आवस्यक छ। यसमा पाइने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउछ। साथै यसको सेवनले बच्चाको तौल पनि बढाउछ।
कलेजोको रक्षा गर्न पनि अनारको सेवन गर्नु राम्रो हुन्छ। यसको सेवन गर्ने गरेमा उच्च रक्तचाप नियन्त्रण हुन्छ। यसको सेवनले कोलेस्ट्रोल पनि घट्छ। त्यस्ते अनारको सेवनले झाडापखला निको पार्छ। त्यस्तै रक्त अल्पताबाट पनि जोगाउछ।
























