काठमाडौं, बैशाख १९ । चिनियाँ राजदूत हौ यान्छीको सत्तारुढ नेकपाका अध्यक्षद्वयलाई भेटेकी छिन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग गएराति ८ देखि १० बजेसम्म भेट गरेकी उनले शुक्रबार नेकपा अध्यक्ष प्रचण्डसङ्ग भेटवार्ता गरेकी हुन्।
भेटमा समसामयिक राजनैतिक परिस्थितिवारे जिज्ञासा राखिएको र पार्टी एकताबद्ध रहने आशा ब्यक्त गरिएको उच्च स्रोतले दावी गरेको छ। भेटमा पार्टीभित्रको विवादको अवस्थामा र सम्भावित समाधानबारे कुराकानी भएको बताइएको छ।
प्रचण्डलाई भेटेर राजदूत सिधै अर्का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेकी छन्। नेकपाको विदेश विभाग प्रमुख समेत रहेका नेपालसँग बुधबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका प्रमुख सोङ्ग ताओले तीन घण्टा भिडियो संवाद गरेका थिए। भेटमा नेकपाका अन्य नेताहरु पनि सहभागी थिए।
Facebook Comments


























