बैशाख १९ । पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ। अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन्। यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं।
– पारिजात फूलको विशेष महत्व छ। यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ। यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ। साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ।
– पारिजातको फूल राति मात्र फुल्दछ। विहान हुनासाथ जमिनमा खस्न थाल्छ। यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ।
– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ। तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ।
– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ।
एजेन्सीको सहयोगमा
























