काठमाडौं, बैशाख १८ । व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन्। कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै प्रहरीले अग्रवाललाई पुनः पक्राउ गरेको हो।
अदालतमा २५ लाख ५० हजार धरौटी बुझाएर छुटेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्ने भन्दै पक्राउ गरेको छ।
Facebook Comments


























