न्युयोर्क, बैशाख १७ । कोरोना संक्रमणबाट अमेरिकामा रहेको अर्का एक नेपालीको मृत्यु भएको छ। अमेरिकाको भजिर्निया राज्यस्थित सेन्टरभिल शहरमा बस्दै आएका नेपालस्थित ललितपुर कुपोण्डोलका महेश पन्थीको मृत्यु भएको जनाइएको छ।
उनी विगत २० दिनदेखि भजिर्नियाकै फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उपचार गराउदै आएका थिए। उनि अमेरिकामा कोरोनाबाट मत्यु हुने नवौ व्यक्ति हुन्।
Facebook Comments























