चितवन, बैशाख १६ । कोरोना अस्पतालमा भएको घटना सत्यतथ्य छानविन हुने भरतपुर कोरोना नियन्त्रण कार्यदल चितवनले जानकारी गराएको छ। भरतपुर कोरोना नियन्त्रण कार्यदलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको सामग्री ओसार पसारका क्रममा भएको गतिविधि सीसी क्यामरा फुटेज बाहिरीएपछि त्यसबाट उत्पन्न भएको प्रश्नको जवाफ छानविन टोलीले गर्ने जनाएको हो।
भरतपुर कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनाको विषयमा प्रश्न उठिसकेपछि तीन सदस्यीय छानविन समिति गठन गरिसकेकाले सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।
कोरोना अस्पताल भरतपुर अस्पातलको मातहतमा रहने गरी हस्तान्तरण भइसकेकाले त्यहाँ भएको खर्चको विवरण अनुमोदन समेत भएको विज्ञप्तिमा जनाइएको छ। घटनाको बारेमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ।



























