काठमाडौं, बैशाख ११ । पाटन अस्पतालमा उपचाररत काठमाडौँको पेप्सीकोलाका कोरोना भाइरस (कोभिड १९) का संक्रमित आमाछोरा निको भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा दुई जना उपचारपछि निको भएर घर फर्केको र दुई जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौं पेप्सीकोलाका दुई जना निको भएर घर फर्किएका हुन्। पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीय वृद्धा निको भएका हुन्। उनीहरु दुबै डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ।
बेलायतबाट फर्केको एक महिनापछि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई आमाछोरामा वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएसँगै अस्पतालमा रहेका १० दिनपछि निको भएर घर फर्केका हुन्। तीमध्ये ९ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ।


























