काठमाडौं, बैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार उक्त अध्यादेश जारी गरेकी हुन्। यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो। राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याइएको हो।
अध्ययादेश अनुसार अब राजनीतिक दल फुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने अहिलेको प्रावधानमा परिवर्तन गभएको छ। अब दल विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने नयाँ प्रावधान लागू भएको छ।
Facebook Comments


























