बैशाख ७ । मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।
शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन्। मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५ हजार ३०५ जना कोरोना संक्रमितमध्ये ६०१ जना विदेशी नागरिक छन्।
त्यसमध्ये सबै भन्दाबढी इन्डोनेसिया १०८ जना नागरिक संक्रमित भएका छन्। मलेसियामा शनिबारसम्म कोरोना भाइरसले ८८ जनाको मृत्यु भएको छ।
Facebook Comments























