बैशाख ६ । कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ।
७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एडहनामले बताएका छन्।
चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना संक्रमण सिफुडबाट फैलिएको आशंका गरिएको छ। तर, यसको पुष्टि भने भएको छैन। विश्वभर संक्रमण बढ्दै गएपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो।
लाखौं मानिसको मुख्य भोजनको रुपमा रहेको मासु अधिकांश क्षेत्रमा भने स्वच्छताको अभाव रहेको टेड्रोसले बताए।
‘जीवित जनावरको बिक्री हुने बजारलाई तबमात्र खोल्नुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ,’ डब्ल्यूएचओका प्रमुख टेड्रोसले भने।
यस्तै, अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन्।


























