काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसले पारेको प्रभाव र प्रदेश सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका छन्।
प्रधानमन्त्री ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका हुन्।
प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड–१९ महामारीविरुद्ध भइरहेको कामबारे छलफल गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्।
Facebook Comments

























