चैत्र १५ । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय ६५ पुगेको छ।
५ लाख ९७ हजार २ सय ६७ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ। चार लाख १२ हजार ९ सय ८० जना उपचार गराइरहेका छन्।
१ लाख ३३ हजार ३ सय ६३ उपचारपछि घर फर्किसकेका छन्। कोरोना भाइरस अहिलेसम्म जम्मा पाँच लाख ९७ हजार २६२ जनामा देखिएको छ।
कोरोना संक्रमित अहिले सबैभन्दा धेरै अमेरिकामा एक लाख चार हजार २०५ जनामा देखिएको छ। इटलीमा ८६ हजार ४९८ मा देखिएको कोरोना चीनमा ८१ हजार ३९४मा देखिएको छ।
चीनबाट सुरु भएको कोरोनाको संक्रमण नेपालमा पनि चारजनामा देखिएको छ। यसलाई महामारीको रुप धारण गर्न नदिन सरकारले लकडाउन गरेको छ।
Facebook Comments