स्पेन, चैत्र १४ । स्पेनमा बस्दै आएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।
क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ।
बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ। अन्य ३ जना भने हस्पितालेद क्षेत्रका भएको बताइएको छ।
संक्रमित भएका ४ जना ब्यक्तिहरु पुरुष भएपनि उनिहरुको विवरण खुलाइएको छैन। नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि स्पेनस्थित नेपाली दूतावासले समन्वय थालेको राजदूत दावाफुटी शेर्पाले जानकारी दिएकी छन्।
Facebook Comments























