चितवन, चैत्र १२ । नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका चितवनका ६ जना क्वारेन्टाइनमा छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले चितवनका ६ जना मध्ये ४ जना घरमानै क्वारेन्टाइनमा रहेको बताए । दुई जना भने काठमाडौंमानै क्वारेन्टाइनमा छन्।
‘चितवन भएकाहरुलाई हामीले चिकित्सको निगरानीमा क्वारेन्टाइनमा राखेका छौं उनले भने।’ अहिले को प्रारम्भिक रिपोर्टले उनीहरुमा त्यस्तो केही देखिदैन यद्यपी दैनिक रुपमा उनीहरु माथि निगरानी रहनेछ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नाम सहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको थियो। क्वारेन्टाइनमा रहेकाहरुको नाम गोप्यनै रखिएको छ।
गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा रिपोट पोजेटिभ देखिएको थियो। एउटै विमानमा आएकाले संक्रमण फैलिन सक्ने आशंकामाका उनीहरुलाई निगरानीमा राखिएको हो।
1 Comments
Dipak Sapkota
I will be blessed , soon other would also be blessed.