काठमाडौं, चैत्र १२ । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो। अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ३ जनाको नतिजा ‘पोजेटिभ’ आएको हो।
सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा कोरोना भाइरस देखिएको हो।
Facebook Comments