चैत्र ५ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न दक्षिण पूर्वी एसियाली मुलुकहरुलाई आग्रह गरेको छ।
कोरोनाको संक्रमण विस्तार हुन नदिन चालिएका प्रयासहरु प्रभावकारी नभएको खण्डमा यसको अवस्था भयावह हुने भन्दै डब्लुएचओले यस्तो आग्रह गरेको हो।
संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बन्नु अघि तत्काल कोरोना भाइरस विरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।
दक्षिण पूर्वी एसियाली ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। थाइल्याण्डमा सबैभन्दा धेरै १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। एजेन्सी
Facebook Comments






















