इटाली, चैत्र ४ । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ।
थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ। उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ।
२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन्। कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन।
त्यहो सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ।
Facebook Comments


























