लेबनान, फागुन २९ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा कार्यकरत एक नेपाली सैनिकको मृत्यु भएको छ।
लेबनानस्थित राष्ट्र संघीय मिसन युनिफिलमा कार्यरत धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको हो। उनको मंगलबार सवारी दुर्घटनामा परी मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ।
चालक रहेका मगर चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए।
Facebook Comments























