काठमाडौं, फागुन १८ । मन्त्रीपरिषदको आकस्मिक बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन्।
आइतबार साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको हो।
मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्नसक्ने श्रोतले बताएको छ। नेकपाको सचिवालय बैठकले यसअघि नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिसकेको छ। तर प्रधानमन्त्री ओलीले तत्काल कसैको पनि नाम सिफारिस नगर्ने मनस्थिति बनाएका आज त्यसबारे निर्णय नहुन पनि सक्छ। यस्तै कारोना भाइरसको सतर्कता कसरी अपनाउने भन्ने बारे पनि मन्त्रिपरिषद बैठकमा छलफल हुने छ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ।


























