फागुन ४ । अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ। क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो।
छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको उनको अवस्था सामान्य नै रहेको छ। रोयल व्रिजवेन महिला अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ। कलेजबाट घर जाँदै गरेको अवस्थामा उनलाई नचिनेको एक युवाले छुरा प्रहार गरेका थिए।
छुरा प्रहारपछि ती युवा फरार छन ।
Facebook Comments























