काठमाण्डौं, माघ १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। बुधवारबाट शुरु भएको बैठकको उद्घाटन भइसकेको छ।
उद्घाटन सत्रलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले साढे २ घन्टा भन्दा लामो सम्बोधन गरेका छन्।
त्यसक्रममा उनले सरकारका कामका उलपव्धीको लामो फेहरिस्त प्रस्तुत गरे।
नेकपामा विवाद देखिएको एमसीसी, गोकर्ण रिसोर्टको सम्झौता लगायतका विषयमा पनि ओलीले पार्टीका केन्द्रीय सदस्य तथा नेताहरुलाई जानकारी गराए ।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन्।
१) बुधबारदेखि सुरु भएको वैठक २० गतेसम्म चल्नेछ।
२) तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछिको दोस्रो बैठक हो।
३) अन्तरिम विधानअनुसार नेकपाले ६र६ महिनामा केन्द्रीय समितिको बैठक राख्नुपर्छ।
४) पाँच दिनको लागि नेकपाले राष्ट्रिय सभागृह बुक गरेको छ।
५) बैठकको सबै पक्ष अडियो र भिडियो रेकर्ड गरिने छ।
६) पाँच दिनसम्म बैठक चल्दा भाडामा मात्र ८ लाख १० हजार खर्च हुने छ।
७) नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ।
८) अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक एंव विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यक्रम छ।
९) विचार राख्न १० मिनेटको समय छुट्टाइएको छ।
१०) खान बस्नको प्रवन्ध आफै गर्नुपर्नेछ। बैठक अवधिभर चिया, कफी र नास्ता पार्टीले खुवाउने छ।
११) समयतालिका: १६ गते समूहगत छलफल, १७ र १८ गते लिखित प्रतिवेदन प्रस्तुत, १९ गते निष्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने, १९ गते प्रस्ताव छलफल गरेर पारित गर्ने कार्यविधि तय गरिएको छ।


























