काठमाण्डौं, माघ १५ । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा मनोनित भएकी छन्।
मंगलबार बसेको नेकपा सचिवालयले बैठकले तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। बुधबारदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेकपाले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
नेकपा केन्द्रीय कमिटीको बैठक बुधबार बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा शुरु हुने कार्यक्रम छ।
यद्यपि बैठकको बन्द सत्र भने बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने जनाइएको छ। तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङफेले उपसभामुख निर्वाचित भएपछि संवैधानिक प्रावधानअनुसार दलीय आवद्धता त्योगेकी थिइन्।
तुम्बाहाङफेले नेकपाकै आग्रहअनुसार उपसभामुखबाट राजीनामा दिएकी हुन्।
Facebook Comments




















