काठमाण्डौं, माघ ९ । काठमाण्डौं उपत्यकामा विद्युतीय बस चलाउन दिइएको ३ अर्ब रुपैयाँ सरकारले फिर्ता लिएको छ।
गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा विद्युतीय बस चलाउन दिएको उक्त रकम अहिलेसम्मको ब्याजसहित फिर्ता लिने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
‘साझा यातायातलाई तीन सयवटा नयाँ विद्युतीय बस चलाउन २०७६ असारको मन्त्रिपरिषद्को निर्णयानुसार दिइएको ३ अर्ब रुपैयाँ अहिलेसम्मको व्याजसहित फिर्ता लिने निर्णय भएको छ’, उनले भने, ‘उक्त संस्थाले ती बसहरु सञ्चालन गर्न नसकेको हुँदा यस्तो निर्णय लिइएको हो।’
प्रवक्ता बास्कोटाका अनुसार विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाउने जिम्मा अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ।
Facebook Comments