काठमाण्डौं, माघ ७ । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्दार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ।
होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्दार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो।
अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए।