काठमाण्डौं, माघ ७ । प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन्।
सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन्।
उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफू सभामुखमा निर्वाचित भए संसदको ओज र गरिमा उचो राख्ने छोटो प्रतिकृया दिएका छन्। नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सभामुखमा काँग्रेसले भने उम्मेदवारी नदिने भएको छ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरा जबरजस्ती करणी प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ।