काठमाण्डौं, माघ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुख बारे निर्णय गरेका छन्। सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ।
आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय भएको स्रोतको दाबी छ।
तर यसबारे दुबै पक्षले कुनै औपचारिक जानकारी भने गराएका छैनन्।
नेकपाको उच्च स्रोतले भन्यो,‘अग्नि सापकोटाको विषयमा सहमति जुटेको छ तर सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ।’
आफूलाई सभामुख बनाउने पार्टी अध्यक्षहरुको निर्णयबारे कही जानकारी नपाएको नेकपाका नेता सापकोटाले बताए।
तर, पार्टीका केही नेता र हितैसीले भने आफूलाई बधाइ दिन शुरु गरेकाले आफूपनि अलमलमा रहेको सापकोटाले बताए।
Facebook Comments