माघ ४ । यदि तपाईंको दम्पत्ति नै कामकाजी अर्थात व्यस्त हुनुहुन्छ भने राति ओछ्यानमा पुगेपछि तपाईंहरुले एक-अर्कालाई प्रायः एउटा वाक्य प्रयोग गरिरहनु भएको हुनु पर्छ -‘सरी, आज मुड छैन‘।’
आजको व्यस्त जीवनशैली, घरदेखि अफिससम्मको व्यस्तता, समयको अभाव तथा आर्थिक बोझका कारण गाउँदेखि शहरसम्मका दम्पतीहरुको अन्तरंग जीवन निकै नराम्ररी प्रभावित भैरहेको छ।
तनाव, चिन्ता तथा दवावकै कारण श्रीमान-श्रीमतीबीचको अन्तरंग सम्बन्ध अथवा अन्तरंग क्षणहरु बिताउने परम्परा नै घटिरहेको हो कि भन्ने अनुभव गर्न थालिएको छ। यद्यपि, यसो गर्नु आफैंमा राम्रो भने होइन। तनाव र दवाव नभएको मान्छे आजको मितिमा भेट्न मुश्किल पर्छ। तनाव र दवावले यौन जीवनलाई समेत प्रभाव पार्छ। यौन रोग विशेषज्ञहरुका अनुसार उनीहरुकहाँ उपचारका लागि आउने दम्पतिहरु कुनै न कुनै कुराले तनावमै रहेका हुन्छन्। त्यस प्रकारको तनावले उनीहरुलाई शारीरिक, मानसिक तथा भावनात्मक रुपले समेत कमजोर बनाइरहेको हुन्छ।
यौन रोग विशेषज्ञहरुका अनुसार त्यस्तो तनावमा जीवन बिताइरहेका दम्पतिहरुका लागि यौनले नै सबैभन्दा राम्रो तथा अचूक औषधीको काम गर्छ। तर, कतिपय दम्पतिहरुबीच नै यति धेरै तनाव हुन्छ कि उनीहरु राती एउटै ओछ्यानमा सुते पनि उनीहरुबीच यौन सम्बन्ध कामय नहुने सम्भावना अत्यधिक हुन्छ।
एउटा अनुसन्धानका अनुसार तनावग्रस्त व्यक्ति आफ्नो यौन साथी अर्थात प्रेमिकारश्रीमतीप्रति नै नकारात्मक हुन थाल्छ। कतिपय घटनाहरुमा उनीहरुलाई त्यसरी नकारात्मक धारणा पैदा हुने कारण पनि तनाव नै हो भन्ने कुरा समेत थाहा पाएका हुँदैनन्।
व्यक्तिमा तनाव हावी भयो भने उसको आत्म विश्वासमै कमि आउँछ। तनावको स्थितिमा स्टेराइड हार्मोन कार्टिसोलको श्राव धेरै हुँदा सेक्स हार्मोन दब्न पुग्छ। त्यसले यौन उत्तेजनामा नै कमि आउँछ।
यूरोपमा हालै भएको एउटा अध्ययन अनुसार कार्टिसोलको स्तर बढ्नुको अर्थ एकले अर्कालाई सहमत गराउन नसक्ने स्थिति सिर्जना हुनु हो। व्यस्त एवं कामकाजी महिलाहरूमा त्यसको आशंका अझ बढी पाइएको छ।
आफ्नो परिवार र यौनसाथीलाई समय दिन नसकिएको अवस्थामा दम्पतीहरुबीच संवादहीनताको अवस्था समेत सिर्जना हुन्छ। त्यस्तो अवस्थामा दुईमध्ये एक जना यौन क्रियाकलापमा रुची राख्दैन भने अर्को साथी पनि बिस्तारै त्यसबाट विमुख हुन थाल्छ।
कतिपय अध्ययनहरुले के प्रमाणित गरेका छन् भने स्वस्थ तथा सुखद यौन सम्बन्धले रक्तचापलाई समेत सन्तुलित बनाउँछ। चूनौतीपूर्ण अवस्था, दुःख, तनाव, चिन्ता भएको बेला समेत यौन जीवनलाई भने सक्रिय राखिरहनु पर्ने अध्ययनले देखाएको छ।
एउटा अर्को अध्ययन अनुसार स्वस्थ यौन क्रियाकलापले दवाव तथा नकारात्मक विचारबाट समेत मुक्त हुन सहयोग पुर्याउँछ।
एउटा सुन्दर, सुखद तथा आनन्दमय यौन सम्पर्कले भोलि दिनको तपाईंको मूड समेत राम्रो बनाउँछ।
आफ्ना श्रीमान् अथवा प्रेमीको सकारात्मक स्पर्शले मात्र पनि कुनै पनि महिला अथवा युवतीलाई तनावको स्थितिलाई शान्त पार्न सहयोग पुर्याउँछ। यसका साथै चरमसुख प्राप्तिले शरीर र मन दुबैलाई आनन्दित बनाउँछ।
भावनात्मक स्वास्थ्यमा स्पर्शको भूमिका महत्वपूर्ण रहँदै आएको छ। त्यसले मन, मस्तिष्क तथा शरीरलाई आराम प्रदान गर्नुका साथै सुखको अनूभुति समेत गराउँछ।
























