चितवन, माघ ३ ।
चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ३१ यात्रु घाइते भएका छन्। मृतकको सनाखत हुन सकेको छैन् ।
भरतपुर महानगरपालिका १ रामनगरमा आज बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक सहित ३१ जना घाइते भएका हुन्। पोखराबाट सौराहा आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो।
घाइतेमध्ये दुई जना अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments