काठमाण्डौं, माघ २ । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ। २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मुद्दा दायर गरेका छन्।
न्यायका लागि गिरीले दुर्गाप्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली, बेइज्जती मुद्दा दायर गरेका थिए। २० करोड घुस मागेको झुटो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गिरी कानुनी उपचारको खोजीमा अदालत पुगेका थिए। गिरीले उनीविरुद्ध हालेको मुद्दाकै आधारमा अनुसन्धानका लागि प्रकाउ गर्न लागिएको भक्तपुर प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए।
प्रसाईंले पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए। गिरीले पनि पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।