काठमाडौं, पुस १६। बुधबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो। मूल्य वृद्धिसागै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १०० रूपैयाँ पुगेको छ।
निगमले हालसालै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। अंग्रेजी महिनाको हरेक १ र १६ तारिखमा भारतीय आयल कर्पोरेशनले पठाउने मूल्यसुचीका आधारमा नेपालमा मूल्य समायोजन गर्ने गरेको आयल निगमले जनाएको छ। हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत छ।
यो मूल्य समायोजनपछि नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य १८ रुपियाँ ६७ पैसा प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८ रुपियाँ २७ पैसा प्रतिलिटरले नेपालतर्फ सस्तो भएको निगमले जनाएको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











