काठमाडौँ, ०५ भदौ। पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा राजनीति नगर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आग्रह गरेका छन्। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री बास्कोटाले मरिसकेको राजतन्त्र नउठ्ने दाबी गरेका हुन्।
‘राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुनेछन्। चिहानमा आरधना गरेर राजतन्त्र फर्किन सक्दैन,’ उनले भने, ‘पत्रकारले पनि राजा आउने हाउगुजी देखाउन भएन नि।’ जन्मदै शासक हुने संस्कार तोडेर आएको भन्दै उनले भने, ‘अब २०१७ सालमा जस्तो होला भन्ने नसोचे हुन्छ।’
राजतन्त्रको इतिहास दर्दनाक रहेको उल्लेख गर्दै राजतन्त्र चाहिन्छ भन्नेहरुलाई त्यो नसोच्न आग्रह गर्दै थपे, ‘प्राप्त उपलब्धीको रक्षार्थ सबै सचेत हुनुपर्छ।’
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











