काठमाडौँ, १९ जेठ। अनलाइन पत्रकार संघको नेतृत्व पुनः शिवप्रसाद सत्यालले सम्हाल्ने भएका छन्। संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरको हो। संघको उपाध्यक्षमा विजयराज खनाल, सचिवमा डिल्लीप्रसाद सापकोटा र कोषाध्यक्षमा गोविन्द अधिकारी चयन भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरुमा भने प्रकाश ढुंगाना, चन्डिका गुरागाईं र निर्दोष घोरसाइनेलाई चयन गरिएको छ। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
Facebook Comments


















