बष्टन, बैशाख २६ । अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ। मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ।
घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बाह्रखरीलाई बताए।
शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिर सहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ।
Facebook Comments























