काठमाडौं, मंसिर १ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन्।
आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ। बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन। प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ।
Facebook Comments























