चितवन, चैत्र १४ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८५ संक्रमित थपिएका छन्। दुई हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५ जनाको नतिजा पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ। हाल देशभर क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार २८८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।
Facebook Comments


























