काठमाडौं, चैत्र १४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन्। बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थत फिर्ता लिने तयारी गरेको पनि जनाए। ओली सरकार प्रतिगामी भनेर आफूहले भनिसकेकोले अब पनि सरकारलाई समर्थन दिईनरहने जनाए।
उनले भने,‘हत्तपत्त समर्थन फिर्ता लिँदा झन उल्टो पर्छ है भनेकोले म रोकिएको हो, तर, म केही दिनभित्रै त्यो प्रक्रिया अघि बढाउँछु। मेरो नैतिकता बचाउँछु। मैले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको हो। त्यसैले अब अविश्वासको प्रस्ताव र समर्थन फिर्ता सँगसँगै होस भन्ने चाहेको हो। म कुर्नेवाला छैन्।’


























