काठमाडौं, चैत्र १३ । नेकपा एमालेका नेता महेश बस्नेत जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्। बस्नेतले आज विहान चौधरीलाई जेलमै पुगेर भेटेका हुन्।
समाजवादी पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सत्ता साझेदारीको विषयमा कुराकानी भइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। जसपाका नेताहरुले संविधान संशोधनसहित टिकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्ने माग राख्दै आएका छन्।
चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले चौधरीलाई भेट्नु आफु कारागारमै पुगेको उनको भनाई छ।
Facebook Comments


























