काठमाडौं, चैत्र १३ । नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। नेकपा विवाद बढिरहेका बेला खनाल –नेपाल समूह कलंकीस्थित मेघा पार्टी प्यालेसमा जुटेको हो। बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने बताइएको छ।
आजै ओलीले संसदीय दलको बैठक पनि बोलाएका छन्। बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ। बैठकमा जाने नजानेमा खनाल– नेपाल पक्ष अन्यौलमा नै छ। सर्वोच्चको फैसलापछि एमाले ब्यूतिए पनि ओली र खनाल–नेपाल समूहको छुट्टै बैठक बसिरहेका छन्। उता,पछिल्लोपटक स्पष्टीकरणको सवाल जवाफले विवाद झनै चर्किएको छ।
Facebook Comments

























