मुम्बई, चैत्र १३ । भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ। यो बढ्ने अनुपातले बलिउडका कलाकारलाई पनि छोडेको छैन। यसको पछिल्लो उदाहरण अभिनेता मिलिन्द सोमन बनेका छन्।
दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनको कोरोना भाइरस टेस्ट पोजेटिभ देखिएको छ। मिलिन्दलाई एक फिटनेस फ्रिक मानिन्छ। मिलिन्द आफैंले ट्वीटरमा ट्वीट गर्दै आफ्नो कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको र आफूलाई क्वारेन्टाइन गरेको उल्लेख गरेका छन्।
मिलिन्द कैयौ मानिसलाई आफ्नो स्वस्थ जीवनशैली र राम्रो रुपबाट प्रभावित बनाइरहेका छन्। यसअघि अभिनेता आमिर खान, आर माधवन, कार्तिक आर्यन र रणवीर कपूर जस्ता कलाकारलाई कोरोना संक्रमण भइसकेको छ। एजेन्सी
Facebook Comments


























