काठमाडौं, चैत्र १३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज छापावाला सुन बिहीबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले घटेर ८६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन आज ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























