काठमाडौं, चैत्र १३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने/नहुने टुङ्गो लागेको छैन। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन्।
Facebook Comments


























