चैत्र १३ । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ। बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक एक गोल गरे। खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो। सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए।
त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए। जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ।आइसल्याण्डले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
यसै समूहको अर्को खेलमा रोमानियाले नर्थ मासेडोनियालाई ३-२ ले हराएको छ। अर्मेनियाले लिचेस्टिनलाई १-० ले हराएको छ। एजेन्सी
Facebook Comments


























