काठमाडौं, माघ ११ । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्न लागेका हुन्।
आर्मी र वालिङबीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ। वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ। वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ।
Facebook Comments


























