माघ ११ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। एफए कप अन्तर्गत शनिबार राति भएको चौंथो चरणमा चेल्टनहम टाउनमाथि ३-१ को जित निकाल्दै सिटीले अर्को चरणमा स्थान बनाएको हो।
लिग टु क्लब चेल्टनहमविरुद्ध एक गोलले पछि परेपनि सिटीले पुनरागमन जित निकालेको हो। खेलको ५९ औं मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए। तर, ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ८४ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको ९० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए।
अब सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग खेल्नेछ। प्रिमियर लिग क्लब ब्राइटन र वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेका छन्। एजेन्सी
Facebook Comments


























