काठमाडौं, माघ ९ । सानिमा म्युचुअल फण्ड अन्तर्गतको ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको आईपीओ सार्वजनिक निष्कासन तथा बिक्रि आजबाट खुल्ला भएको छ।
१० रुपैयाँको दरले १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई संघ संस्था तथा सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेको सानिमा फण्डले जनाएको छ।
फण्डले इकाई कोष प्रबन्धकमा सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। उक्त इकाईलाई माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा संचालित मेरो शेयर अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ।
Facebook Comments


























