माघ ६ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १६ जनवरीमा पठाएको मूल्य बढेर आएकाले निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ कायम भएको छ। हवाई इन्धन र खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् छ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र खाना पकाउने एलपजी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ। निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ।
Facebook Comments

























