काठमाडौं, माघ ५ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको भुइँ तलामा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। प्रहरीले अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, उपत्यकाका तिनै महानगरपालिकाका दमकल र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन्। अपार्टमेन्टबाट तीन जना सामान्य घाइतेको उद्धार गरी अस्पताल लगिएको छ।
Facebook Comments


























