काठमाडौं, माघ ५ । साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ। आज कारोबारको सुरुवातबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिम समय सम्म आइपुग्ता १७.३१ अंकले बढेर २३३२.३२ को विन्दुमा पुगेको हो।
आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै ११० कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, ५३ कम्पनीको शेयर मूल्य घटेको छ। आज नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबै भन्दा धेरै प्रभु बैंकको ३३ करोड र नेपाल टेलिकमको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Facebook Comments


























